२८ भदौ २०८३, आइतबार | September 13, 2026

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी



सुर्खेत । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण जनसङ्ख्या घटेको जनाइएको छ ।

अहिले उनीहरु लेकबेँसी नगरपालिका–७ सुर्खेतको जङ्गल क्षेत्रमा बसोबास गर्दै आएका छन् । सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका तालिमप्राप्त स्वास्थ्यकर्मीले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने कार्यतालिका रहेको नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले जानकारी दिए ।

उनका अनुसार तालिमबाट चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या देखिँदा अस्पताल लैजानुअघि प्राथमिक उपचार गर्न सक्ने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेश सरकारका सामजिक विकासमन्त्री घनश्याम भण्डारीले मंगलबार तालिम शुभारम्भ गर्दै कर्णाली प्रदेशको पहिचानका रूपमा अस्तित्वमा रहेको राउटे समुदायको संरक्षण सबैको साझा दायित्व भएको बताए । उनले भने, “कुनै समय पैसा छोए पाप लाग्छ भन्ने विश्वास राख्ने राउटे समुदायका युवाहरूले आधुनिक स्वास्थ्योपचारप्रति देखाएको चासोले सकारात्मक परिवर्तनको सङ्केत गरेको छ । यो समुदाय केवल एउटा जाति नभई सभ्यता, भाषा र संस्कृतिको जीवन्त सङ्गम पनि हो ।”

मन्त्री भण्डारीले राउटेहरूको सभ्यतामा ठेस नपुग्नेगरी सामाजिकीकरणको पाटोमा ल्याउन सरकार प्रयासरत रहेको जनाउँदै पछिल्लो १० वर्षको बसाइँसराइको तथ्याङ्कका आधारमा ‘राउटे करिडोर’ निर्माण र ‘राउटे नीति’ अन्तिम चरणमा पुगेको उल्लेख गरे । उक्त नीति कार्यान्वयनसँगै उनीहरूको रहनसहन र रीतिरिवाज संरक्षणसँगै आधुनिकीकरणतर्फ कार्यक्रम केन्द्रित गरिने उनको भनाइ थियो ।

कार्यक्रममा दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदायलाई परिचयपत्र वितरणसँगै सामाजिक सुरक्षा भत्ता उपलब्ध गर्दै आएको बताए । राउटे समुदायका नागरिकलाई नागरिकता प्रदान गर्न पालिकाले पहल थालेको र प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको समेत उनले जानकारी दिए ।

राउटे समुदायको जीविकोपार्जन सुधारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यकारी निर्देशक हिरासिं थापाले पछिल्लो समय राउटे युवाहरू आधुनिक चिकित्सासम्बन्धी उपचारप्रति विश्वास गर्न थालेकाले प्राथमिक उपचार तालिम सञ्चालन गरिएको जानकारी दिए । परम्परागत घरेलु उपचारका कारण जटिल स्वास्थ्य समस्या देखिन थालेकाले नयाँ पुस्तालाई आधुनिक उपचार पद्धतिबारे जानकारी दिन तालिमले सहयोग पु¥याउने अपेक्षा गरिएको उनले बताए ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ११ : ०५ बजे

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय