२९ असार २०८३, सोमबार | July 13, 2026

राष्ट्रियसभा निर्वाचन : यी हुन नेकपाका १८ उम्मेदवार



काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले छुट्टै उम्मेदवार खडा गर्ने भएको छ । कांग्रेस र एमाले गठबन्धनबाट बाहिरिएपछि नेकपाले छुट्टै उम्मेदवार खडा गर्ने भएको हो ।

रिक्त हुन लागेको १८ सदस्यका लागि हुने निर्वाचनका लागि नेकपाले कोशी प्रदेशमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ दामोदर घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

लुम्बिनीमा अन्यतर्फ बृहस्पति अधिकारी, अपांगतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारीको उम्मेदवारी टुंगो लागेको छ भने कर्णालीमा अन्यतर्फ बुद्धि प्रसाद शर्मा र महिलातर्फ अञ्जु महतराको नाम टुंगो लागेको छ ।

त्यसैगरि सुदूरपश्चिममा अन्ततर्फ टिकाराम जैशी र महिलातर्फ रोजी बस्नेत सुनारको नाम टुंगो लागेको नेकपा स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार बागमतीमा अन्यतर्फ प्रेम सापकोटा, सरोज कुमारी झा (महिला) र मधेसमा दलित कोटाबाट शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवालको नाम टुंगो लगाएको छ ।

यस्तै गण्डकीमा भने उम्मेदवारको नाम टुंगिन बाँकी रहेको बताइएको छ । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : ४६ बजे

पूर्वाधार विकासमा अग्रसर व्यास

तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ । असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

म्याग्दी । बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’