१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

कोहलपुरबाट मुकेश बम र कृपा तामाङ पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जानकी गाउँपालिका वडा नं ५, बुढिया गाउँका ३७ वर्षिय रफिक खाँ रहेका छन् ।

प्रहरीका अनुसार खाँको साथबाट १०५ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ। वडा नं २० राँझामा लागु औषध ब्राउनसुगर ब्राउन सुगरको कारोबार भई रहेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर बाँके र लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्ज बाँकेबाट खटिएको प्रहरी टोलीले सो परिमाणको ब्राउनसुगर सहित खाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खाँले चलाएको भे ११ प ३६६ नंको मोटर साइकल खानतलासी गर्दा १०३.०३० ग्राम लागु औषध र मोबाईल १ थान एक खाँले चलाएको मोटर मोटरसाईकल समेत बरामद गरेको र खाँलाई साथमा लिई उनको घर कोठामा तलासी गर्दा दराजमा लुकाई राखेको थप २.०७ ग्राम लागु औषध ब्राउन सुगर , नगद रू ५० हजार समेत बरामद भएको हो । खाँलाई बाँके जिल्ला अदालतबाट १० दिनको म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बाँके कोहलपुर ११ टेलिकम कार्यालय नजिकको एक कोठाबाट पनि लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । कोठा भाडा गरी बस्ने मुकेश बम र कृपा तामाङको कोठा खानतलासी गर्दा सोही कोठाको भुइमा रहेको बिस्तरा मुनी लुकाइ छिपाइ राखेको प्लाष्टिकमा सानो १७ पुडिया शुद्ध तौल गर्दा ६ ग्राम ३५० मिलिग्राम तौल भएको लागूऔषध ब्राउन सुगर र नेपाली रुपैंया ८९, हजार ९ सय नगद तथा मोबाइल बरामद गरि सजिल्ला अदालतबाट दिन ७ म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ९ : ५१ बजे

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र