११ श्रावण २०८३, सोमबार | July 27, 2026

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु



सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानी निवासी ५७ वर्षीय गङ्गा सारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

मृतक सारुका श्रीमान नरबहादुर सारुका अनुसार गङ्गा सारु मङ्गलबार बिहान ८ बजे कसैलाई जानकारी नदिइ घरबाट बाहिर निस्केकी थिइन् ।

आज बिहान ९ बजेको समयमा सारुको दुई नातिनीले घरदेखि १०० मिटर उत्तर सालघारीमा बाख्रालाई घाँस काट्न गएको अवस्थामा सारुले लगाएका कपडा चप्पलसहित सोही स्थानमा रगत देखेको र करिब ६०० मिटर पूर्वतर्फ महिलाको टाउको भेटिएको भनी १०ः३० बजे अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतमा जानकारी गराएका थिए ।

उक्त जानकारीपश्चात् प्रहरी, नेपाली सेनाको टोली, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिसहितको २०र२५ जनाको टोली खटिएको थियो ।

खोजतलासका क्रममा महिलाको टाउको फेला परेको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ महिलाको शरीरका अन्य भाग फेला परेको प्रहरी उपरीक्षक शाहीले बताए । उनका अनुसार बाघले महिलाको बायाँ खुट्टा, हात र कम्मरको भागको मासु पूर्ण रूपमा खाएको अवस्थामा शरीर फेला परेको थियो ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १० : ४५ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न