२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

विभाजनको अवस्था आए अधिवेशन हलबाट सबैभन्दा पहिला म बाहिर निस्कन्छु : विश्वप्रकाश



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् । उनले विशेष महाधिवेशन बदलिएको समयको कांग्रेस र बदल्नुपर्ने देशका एजेन्डामा केन्द्रीत हुने जिकिर गरेका छन् ।

बिहीबार बिहान एक भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले पार्टीभित्र देखिएका विवाद र विशेष महाधिवेशनबारे आशंकाहरूलाई स्पष्ट पार्न प्रयास गरेका हुन् । उनले भनेका छन्, “विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन। विभाजनको अवस्था आयो भने अधिवेशन हलबाट सबैभन्दा पहिला म बाहिर निस्कन्छु र पार्टी जोगाउन सबैसँगै उभिन्छु।”

शर्माले विशेष महाधिवेशन वैधानिक, आवश्यक र समयसापेक्ष रहेको बताए। उनले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन हुने उल्लेख गर्दै आफू र अर्का महामन्त्रीले संयुक्त वक्तव्य जारी गरिसकेको र सबै महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन आह्वान गरिएको जानकारी दिए।

विशेष महाधिवेशनको वैधानिकता स्पष्ट गर्दै उनले कांग्रेस विधानको धारा १७ (२) को उल्लेख गरेका छन्। उनका अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको लिखित माग आएपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनै पर्ने व्यवस्था बाध्यकारी छ।

शर्माले विशेष महाधिवेशन सबै प्रतिनिधिको भएको स्पष्ट पार्दै पूर्ण अधिकारसहित सहभागी हुन सबै महाधिवेशन प्रतिनिधिलाई अपील गरेकाछन्। पुस २७ गते भृकुटीमण्डपमा हुने उद्घाटन समारोहमा सबै तहका नेता तथा कार्यकर्तालाई स्वागत गरिने पनि उनले बताएका छन् ।

विशेष महाधिवेशनले माघ ६ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता र फागुन २१ गतेको निर्वाचन प्रक्रियालाई असर नगर्ने उनले दाबी गरेका छन् । उनले भनेका छन्, “मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर मैदानमा जुट्ने कांग्रेसले राम्रो परिणाम दिन्छ।” विशेष महाधिवेशनपछि एकढिक्का भई निर्वाचन सामना गरिने उनको भनाइ थियो।

शर्माले विधानको कार्यान्वयन पार्टी विभाजन नभई विधानको रक्षा रहेको उल्लेख गर्दै असहमतिको अभिव्यक्ति गर्दा पनि नम्रता अपनाउन आग्रह गरेका छन्। उनले थपे, “बम विस्फोटन ठूलो स्वरमा हुन्छ, विचारको प्रस्फुटन मधुर हुन्छ।”

 

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १० : ०६ बजे

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत