काठमाडौँ ।
काठमाडौं । महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशन र त्यसमा सहभागी नबन्न संस्थापन पक्षले गरेको आह्वानको भोलिपल्ट कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बिहीबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जनाएका छन् ।
बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।
यसअघि कांग्रेसको संस्थापन पक्षले बुधबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन आह्वान गर्ने अधिकार कुनै एक व्यक्ति वा पदाधिकारीलाई नभएको स्पष्ट पारेको थियो।
त्यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वक्तव्य जारी गर्दै विशेष महाधिवेशनको आह्वान गरेका थिए। यस्तै दिउँसो विशेष महाधिवेशन पक्षधर समूहले पत्रकार सम्मेलनमार्फत महाधिवेशन बोलाउने घोषणा गरेको थियो।


















प्रतिक्रिया