३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

नमूना मतपत्र छपाइ अन्तिम चरणमा, समानुपातिक मतपत्र आजबाट छपाइ हुँदै



काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्‍याएको छ । मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित आयोगले १० लाख थान नमूना मतपत्र छपाइ गरिरहेको हो ।

आयोगले हिजोदेखि जनक शिक्षा सामग्री केन्द्रमा नमूना मतपत्र छपाइ सुरु गरेको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजसम्म नमूना मतपत्र छापिसक्ने तयारी रहेको छ भने भोलिदेखि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गरिनेछ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूची बुझाएका ५८ राजनीतिक दलका चुनाव चिह्न समानुपातिक मतपत्रमा समावेश गरिने आयोगले जनाएको छ । समानुपातिक मतपत्र देशभर एकै आकार र डिजाइनमा हुनेछ । आयोगका अनुसार समानुपातिकतर्फ कुल २ करोड ८ लाख ५० हजार थान मतपत्र छापिनेछ ।

जनक शिक्षा सामग्री केन्द्रले दिएको जानकारीअनुसार माघ ९ गतेसम्म समानुपातिक मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि माघ १२ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गर्ने योजना रहेको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने कार्यतालिका तय गरिएको छ । प्रत्यक्ष निर्वाचनका लागि करिब २ करोड थान मतपत्र छापिने आयोगले जनाएको छ । यसपटक देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता रहेका छन् । आयोगले कुल मतदाताको संख्याभन्दा ५ देखि १० प्रतिशत बढी मतपत्र छपाइ गर्ने नीति लिएको जनाएको छ ।

मतपत्र छपाइको सम्पूर्ण प्रक्रिया सुरक्षित र गोप्य बनाउन छपाइ स्थलमा नेपाली सेनाद्वारा सुरक्षा व्यवस्था मिलाइएको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने लक्ष्यसहित आयोगले मतपत्र छपाइदेखि वितरणसम्म उच्च सतर्कता अपनाइरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ४ : ३५ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम