२९ असार २०८३, सोमबार | July 13, 2026

विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ कांग्रेसको आह्वान



काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गरेको छ ।

कांग्रेस काठमाडौँका जिल्ला सभापति कृष्ण सबुज बानियाँले आज एक विज्ञप्ति जारी गरी विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशन आह्वान भएकाले उक्त महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गरेका हुन्् ।

विभिन्न कालखण्डका विषम परिस्थितिमा लोकतन्त्रको रक्षार्थ नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा उभिएको कांग्रेस काठमाडौँले जनाएको छ । सभापति बानियाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् मुलुकमा संवैधानिक शून्यता भएको भन्दै यसको रक्षाका लागि कांग्रेस अग्रमोर्चामा उभिनुपर्ने उल्लेख गरेका छन् ।

कांग्रेस काठमाडौँले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले पार्टीको विधानको धारा १७ (२) अनुसार पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान गरेकाले यस महाधिवेशनमा भाग लिन सबैलाई आग्रह गरेको हो ।

सभापति बानियाँले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई राजधानीमा स्वागत गर्दै महाधिवेशन सफलताको कामना गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १० : १८ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ । असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

म्याग्दी । बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर

बैंकक। थाइल्याण्डको राजधानी बैंककस्थित एक लोकप्रिय पबमा आइतबार मध्यराति भएको