६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, ४२ विद्यालयका १,५८८ विद्यार्थीबीच प्रतिस्पर्धा



बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । बुटवल–११ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा बुटवल उपमहानगरपालिका अन्तर्गत रहेका ४२ वटा सामुदायिक तथा निजी विद्यालयका १ हजार ५८८ जना विद्यार्थी सहभागी हुनेछन् । सहभागीमध्ये ९४१ जना छात्रा र ६०७ जना छात्र रहेको नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए । प्रतियोगितामा कुल ३५० उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ दौड, ज्याभ्लिन थ्रो, सटपुट, लङ जम्प, हाई जम्प, ट्रिपल जम्पलगायतका विधा समावेश छन् । यस्तै, करातेमा ६ विधा, तेक्वान्दोमा ६ विधा, भलिबल तथा कबड्डी प्रतियोगिता पनि सञ्चालन गरिनेछ ।

रनिङ शिल्ड विजेता विद्यालयले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता र तृतीय हुने विद्यालयलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगदसहित सम्मान गरिने संयोजक पियाले बताए । विधागततर्फ छात्रा र छात्र भलिबल प्रतियोगितामा विजेता दुवै समूहलाई १५ हजार रुपैयाँ तथा द्वितीय हुने समूहलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । कबड्डीतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, ७ हजार ५ सय र ३ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

एकल प्रतिस्पर्धाअन्तर्गत कराते र तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै सहभागी सबै विद्यार्थीका लागि दुर्घटना बीमाको समेत व्यवस्था गरिएको छ ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले प्रतियोगितालाई खेलकुद मेलाको रूपमा लिइएको उल्लेख गर्दै यहाँबाट विद्यार्थीका उत्कृष्ट खेल प्रतिभा पहिचान गर्न सकिने बताए । उनले प्रतियोगितालाई बुटवलकै उत्कृष्ट खेलकुद कार्यक्रमका रूपमा सफल बनाउन आयोजकलाई निर्देशनसमेत दिए । खेलकुदले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै सामूहिक भावना र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उनको भनाइ थियो ।

उपप्रमुख सावित्रादेवी अर्यालले खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयस्तरमै खेलकुद संस्कृतिको विकास गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : २१ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९