१३ भदौ २०८३, शनिबार | August 29, 2026

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी



नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा आह्वान गरिएको पार्टीको विशेष महाधिवेशन आउन केही घण्टामात्र बाँकी रहँदा जिल्लामा विज्ञप्तिको दोहोरी सुरु भएको छ । कांग्रेस केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि र जिल्ला सभापति नारायणप्रसाद गौडेलले पुस २७ र २८ गते काठमाडौमा हुने विशेष महाधिवेशनमा सहभागिता जनाउन आह्वान गर्दै विज्ञप्ती निकालेको अर्कोदिन आज जिल्ला उपसभापति कृष्णबहादुर कार्की र सचिव सन्जुकुमारी चौधरीले विज्ञप्ती निकालेर महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनमा नजान आग्रह गरेका हुन् ।

उपसभापति कार्की र सचिव चौधरीले केन्द्रीय सदस्य वाल्मीकि र जिल्ला सभापति गौडेलले जिल्ला कार्यसमितिमा बैठक र छलफल बिना एकल ढंगले विज्ञप्ती निकालेको आरोप लगाउँदै विशेष महाधिवेशनमा सहभागी नहुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका हुन् ।

अर्का जिल्ला उपसभापति गोपाल अधिकारी, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष रेणुसिंह ठाकुर भने मौन देखिएका छन् । उनीहरु कोइराला खेमामा रहेको बताइएको छ ।

७५ जना महाधिवेशन प्रतिनिधि रहेको बाँकेमा काँग्रेसकबाट विशेष महाधिवेशन पक्षले ३० जनाबढी आफूतिर हुने दावी गरिरहेको छ । जिल्लका तीन जना क्षेत्रीय सभापति तीन समुहमा बांडिएका छन् । क्षेत्र नम्बर १ का सभापति पोषण केसी कोइरालातिर, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता गगनतिर र क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ संस्थापनतिर लागेका छन् ।

उता महाधिवेशन प्रतिनिधि समेत रहेका कोहलपुर नगरपालिका प्रमुख पुर्ण आचार्यले विशेष महाधिवेशनका लागि बहुमत प्रतिनिधिहरुको हस्ताक्षर नदेख्ने कांग्रेस नेताहरुले पार्टी फुट्न लागेको भन्दै विशेष महाधिवेशनमा नजान दवाव दिएको बताएका छन् । उनले ३ महिना अघि असोज २९ गते विशेष अधिवेशनको आह्वान गरेर २ हजार ४ सय ८८ जना प्रतिनिधिको हस्ताक्षर सहित सामुहिक रुपमा दर्ता गरेको निवेदनलाई नदेख्ने गरेको किन होला ? भन्दै शीर्श नेताहरुलाइृ प्रश्न गरेका छन् । प्रतिनिधिहरुको हस्ताक्षर नदेख्ने केन्द्रिय नेतालाई लक्षीत गर्दै उनले लेखेका छन्, ‘अहिले पार्टी फुट्न लाग्यो, काठमाडौ नआउ भनेर तिनै हस्ताक्षर गर्ने प्रतिनिधिलाई दर्जन बढीफोन किन गरिरहनु भएको होला ? यो पार्टी दर्जन नेताले चलाउने हो कि विधि विधानले ?’

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केन्द्रीय नेताज्यूहरु तपाइकै प्रमुख आतिथ्यतामा तपाइको क्षेत्रमा रहेका पालिकाहरु साक्षर पालिका, जिल्ला र प्रदेश घोषणा गरेको स्मरण छ कि छैन ? जनताहरुमा कुन खालको चेतनाको स्तर छ भन्ने समेत ध्यान दिन नसक्नेबाट काँग्रेस र देशको नेतृत्व संभव छ ?’

नगर प्रमुख आचार्यले आफुहरुले विशेष महाधिवेशन गर्दा एमाले पार्टीले अधिवेशन गर्ने निर्णय समेत नगरेको उल्लेख गर्दै भनेका छन्, ‘अहिले अधिवेशन समेत सम्पन्न गरिसक्यो काङ्ग्रेसले केवल केन्द्रीय समितिको बैठक मात्र गरिरह्यो ।’

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : १० बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक