६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलमा आजदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचरसहित)



बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुटवल९११० स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सुरु भएको छ । प्रतियोगिताको समुद्घाटन समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले खेलकुदको माध्यमबाट बुटवललाई मुलुकभर फरक पहिचान दिलाउने लक्ष्य रहेको बताए ।

उनले बुटवलका शैक्षिक संस्था तथा यहाँ सञ्चालन हुने विभिन्न खेलकुद गतिविधिहरूले उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै राष्ट्रपति रनिङ शिल्डलाई खेलकुदको महा उत्सवको रुपमा अघि बढाउन व्यवस्थित रूपमा सञ्चालन गर्न आग्रह गरे ।

उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले प्रतियोगिताले विद्यार्थीमा खेल प्रतिभा उजागर गर्ने मात्र नभई सामूहिक भावना र प्रतिस्पर्धात्मक क्षमताको विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरिन । उनले शारीरिक र मानसिक विकासमा खेलकुदको महत्त्व औंल्याउँदै विद्यार्थीका लागि प्रतियोगिताले सहयोग पुर्याउने बताइन ।

प्रतियोगितामा बुटवल उपमहानगरपालिकाभित्रका ४२ वटा सामुदायिक तथा निजी विद्यालयका १,५८८ विद्यार्थी सहभागी छन् । यसमा ९४१ जना छात्रा र ६०७ जना छात्रले विभिन्न खेलकुद इभेन्टमा प्रतिस्पर्धा गर्ने खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

प्रतियोगितामा कुल ३५० उपाधिका लागि प्रतिस्पर्धा हुनेछन् । एथ्लेटिक्सतर्फ दौड, ज्याभ्लिङ थ्रो, सटपुट, लङ्ग जम्प, हाई जम्प र त्रिपल जम्पको प्रतियोगिता हुने छ भने कराँते र तेक्वान्दोतर्फ ६-६ विधामा प्रतिस्पर्धा हुने आयोजकले बताए । यसैगरी समुहगत खेलमा भलिबल र कबड्डीको प्रतिस्पर्धा हुने जानकारी दिइयो ।

रनिङ शिल्ड विजेता विद्यालयले २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेता र तृतीय हुने विद्यालय क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । विधागत पुरस्कारतर्फ छात्रा-छात्र भलिबलमा विजेताले १५ हजार, दोस्रो स्थानले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ भने कबड्डीमा पहिलो, दोस्रो र तेस्रो स्थानलाई क्रमशः १५ हजार, ७ हजार ५ सय र ३ हजार ५ सय रुपैयाँ दिइने छ ।

एकल प्रतिस्पर्धा कराँते र तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय स्थानलाई क्रमशः २ हजार, १ हजार र ५ सय रुपैयाँ नगद प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी विद्यार्थीहरूको सुरक्षाको लागि खेल अवधिभर दुर्घटना बीमाको समेत व्यवस्था गरिएको छ ।

संयोजक पियाले प्रतियोगिताले विद्यार्थीलाई खेलकुदमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै शारीरिक-मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

फोटो फिचरसहित

 

 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ३१ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९