३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते



तानसेन । यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटामा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।

रामपुरबाट भुजातर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर आज बेलुका दुर्घटना भएको हो ।

दुर्घटनामा परी लु ६८ प ८८०० का चालक रामपुर नगरपालिका–८ पिल्टारका ५० वर्षीय डोलराज कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । दुर्घटनामा घाइते भएका कुमालको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामाअर्को मोटरसाइकलका चालक रामपुर नगरपालिका–८, धारापनीका २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडि सवार सोही स्थानका २३ वर्षीय गिरमान श्रेष्ठ घाइते भएका छन् । दुवै जनाको रामपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ९ : ५९ बजे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा