२७ पुस २०८२, आइतबार | January 11, 2026

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते



तानसेन । यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटामा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।

रामपुरबाट भुजातर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर आज बेलुका दुर्घटना भएको हो ।

दुर्घटनामा परी लु ६८ प ८८०० का चालक रामपुर नगरपालिका–८ पिल्टारका ५० वर्षीय डोलराज कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । दुर्घटनामा घाइते भएका कुमालको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामाअर्को मोटरसाइकलका चालक रामपुर नगरपालिका–८, धारापनीका २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडि सवार सोही स्थानका २३ वर्षीय गिरमान श्रेष्ठ घाइते भएका छन् । दुवै जनाको रामपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ९ : ५९ बजे

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो

काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको

सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँग छ : अभिनेता हमाल

झापा । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै

कांग्रेस विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिको उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधि

महाधिवेशनले चाहेमा नेता, नीति र विधान सबै परिवर्तन गर्न सक्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी राजनीतिको सर्वोच्च

पुरानै आनीबानी र शैलीसँगै बसेर नयाँ भविष्य निर्माण गर्न सकिंदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी