१९ असार २०८३, शुक्रबार | July 4, 2026

विशेष महाधिवेशन उद्घाटनअघि यी ६ स्थानबाट निस्किदै छ र्‍याली, यस्तो छ रुट



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ः०० बजे भव्य समारोहका बीच महाधिवेशनको औपचारिक उद्घाटन गरिने आयोजक समितिले जनाएको छ ।

उद्घाटन समारोहअघि भृकुटीमण्डपतर्फ विभिन्न स्थानबाट र्‍याली प्रदर्शन गरिने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट र्‍याली सुरु भई भृकुटीमण्डपमा पुग्नेछ ।

सबै रुटबाट बिहान ११ बजे र्‍याली निस्कने तयारी गरिएको छ । र्‍यालीहरू भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ । उद्घाटनसँगै आजै बन्दसत्र पनि सुरु गरिने जनाइएको छ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ ।

सुन्धाराबाट सुरु हुने पहिलो र्‍यालीमा चितवन, अर्घाखाँची र सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रतिनिधि तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८, ९ र १० का कांग्रेस कार्यकर्ताहरू सहभागी हुनेछन् । उक्त र्‍याली वीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।

आयोजकका अनुसार विशेष महाधिवेशनमार्फत पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, विधान तथा भावी कार्यदिशाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : ५५ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०