२३ माघ २०८२, शुक्रबार | February 6, 2026

गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन



काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आयोजना गरेको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । पुस २७ र २८ गते सञ्चालन हुने विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार भव्य रूपमा सम्पन्न भएको हो ।

महाधिवेशनको उद्घाटन पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा गरे । उद्घाटन समारोहअघि उपत्यकाका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ताहरू ¥याली, बाजागाजा र झाँकीसहित भृकुटीमण्डपतर्फ प्रवेश गरेका थिए । ¥यालीमा सहभागी कार्यकर्ताहरूले पार्टी सुधार, विधान कार्यान्वयन र नेतृत्वको जवाफदेहितासम्बन्धी नाराहरू समेत लगाएका थिए ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा भव्य मञ्च निर्माण गरिएको थियो । मञ्च अगाडि हजारौँको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थिति देखिएको थियो । कार्यक्रमस्थल कांग्रेसको झण्डा, प्रवेशद्वार, ब्यानर तथा प्रचार सामग्रीले सजाइएको थियो । विशेष महाधिवेशनको सभापतित्व नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गरेका छन् ।

उद्घाटन सत्रपछि विशेष महाधिवेशनको बन्दसत्र पुस २८ गते बिहानदेखि भृकुटीमण्डपस्थित सभाहलमा सञ्चालन हुने आयोजकले जनाएको छ । बन्दसत्रमा पार्टीको संगठनात्मक अवस्था, विधान कार्यान्वयन, नेतृत्व चयन प्रक्रिया र आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने बताइएको छ ।

उल्लेखनीय रूपमा, गत असोज २९ गते कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ दशमलव ५८ प्रतिशतको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिएको थियो । सोही मागको आधारमा विशेष महाधिवेशन आयोजना गरिएको आयोजक पक्षको दाबी छ ।

यद्यपि, विशेष महाधिवेशनका सन्दर्भमा कांग्रेसको संस्थापन पक्षले भने असहमति जनाउँदै आएको छ । संस्थापन पक्षले नियमित महाधिवेशनको तालिका तय भइसकेको र प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गरेको छ । पार्टीभित्रको यही मतभेदका बीच विशेष महाधिवेशन सुरु भएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : १० बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस