१७ श्रावण २०८३, आइतबार | August 2, 2026

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवाले महाराजगन्जमा बोलाए आफू निकटका नेता



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी रहँदा पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना निकट नेताहरूलाई महाराजगन्जस्थित निजी निवासमा बोलाएका छन् । विशेष महाधिवेशनले पार्टीभित्रको आन्तरिक राजनीति तातेको बेला देउवाको यो कदमलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

देउवानिकट एक नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित वरिष्ठ नेता रमेश लेखक देउवा निवास पुगिसकेका छन् । उनीहरूबीच वर्तमान राजनीतिक अवस्था, विशेष महाधिवेशनको प्रभाव, पार्टीको भावी रणनीति तथा नेतृत्वको भूमिकाबारे छलफल भइरहेको बुझिएको छ ।

ती नेताका अनुसार अन्य नेताहरू पनि देउवा निवासतर्फ आउने क्रम जारी रहेको छ । विशेष महाधिवेशनले पार्टीभित्र देखिएको असन्तुष्टि र नेतृत्वमाथि उठेका प्रश्नका बीच सभापति देउवाले निकट नेताहरूसँग परामर्श थालेका हुन् ।

उल्लेखनीय छ, पार्टीभित्र बढ्दो असन्तुष्टि र आन्तरिक मतभेदलाई मध्यनजर गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए । सोही आह्वानअनुसार भृकुटीमण्डपमा महाधिवेशन चलिरहेको छ, जहाँ नेतृत्व, नीति तथा संगठनात्मक सुधारका विषयमा बहस भइरहेको छ ।

विशेष महाधिवेशन र देउवाको समानान्तर राजनीतिक गतिविधिले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र भावी दिशामा गहिरो प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ५५ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो