५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा



काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले थापालाई औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि दलित, महिला र अन्य समूह गरी तीन सदस्यको निर्वाचन हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ‘अन्य’ समूहबाट तोकिएको समयसीमाभित्र एक जनाको मात्रै उम्मेदवारी परेकाले थापा निर्विरोध निर्वाचित भएका हुन् । अब महिला र दलित समूहका दुई सदस्यका लागि मात्र निर्वाचन हुने छ ।

निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश भीष्मराज पर्साईंले अन्य समूहमा एकल उम्मेदवारी परेपछि थापालाई निर्विरोध घोषणा गरिएको जानकारी दिए । उनका अनुसार महिला र दलित समूहमा भने दुई-दुई जनाको उम्मेदवारी दर्ता भएकाले ती पदका लागि मतदान हुनेछ ।

महिला समूहअन्तर्गत नेकपा (एमाले) बाट रोश्नी मेचे र नेपाली कम्युनिस्ट पार्टीबाट नमिता न्यौपाने उम्मेदवार रहेका छन् । त्यस्तै, दलित समूहमा एमालेका सोमनाथ पोर्तेल र नेपाली कम्युनिस्ट पार्टीका खेमराज नेपालीले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम नामावली समेत प्रकाशित गरिसकेको छ ।

कोशी प्रदेशमा प्रदेशसभा सदस्य ९३ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २७३ जना गरी कुल ३६६ जना मतदाता रहेका छन् । यद्यपि, एक जना स्थानीय तहका अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उनको नाम मतदाता नामावलीबाट हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : १५ बजे

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को