२३ बैशाख २०८३, बुधबार | May 6, 2026

सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा



काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले थापालाई औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि दलित, महिला र अन्य समूह गरी तीन सदस्यको निर्वाचन हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ‘अन्य’ समूहबाट तोकिएको समयसीमाभित्र एक जनाको मात्रै उम्मेदवारी परेकाले थापा निर्विरोध निर्वाचित भएका हुन् । अब महिला र दलित समूहका दुई सदस्यका लागि मात्र निर्वाचन हुने छ ।

निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश भीष्मराज पर्साईंले अन्य समूहमा एकल उम्मेदवारी परेपछि थापालाई निर्विरोध घोषणा गरिएको जानकारी दिए । उनका अनुसार महिला र दलित समूहमा भने दुई-दुई जनाको उम्मेदवारी दर्ता भएकाले ती पदका लागि मतदान हुनेछ ।

महिला समूहअन्तर्गत नेकपा (एमाले) बाट रोश्नी मेचे र नेपाली कम्युनिस्ट पार्टीबाट नमिता न्यौपाने उम्मेदवार रहेका छन् । त्यस्तै, दलित समूहमा एमालेका सोमनाथ पोर्तेल र नेपाली कम्युनिस्ट पार्टीका खेमराज नेपालीले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम नामावली समेत प्रकाशित गरिसकेको छ ।

कोशी प्रदेशमा प्रदेशसभा सदस्य ९३ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २७३ जना गरी कुल ३६६ जना मतदाता रहेका छन् । यद्यपि, एक जना स्थानीय तहका अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उनको नाम मतदाता नामावलीबाट हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : १५ बजे

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन