१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

पुरानै आनीबानी र शैलीसँगै बसेर नयाँ भविष्य निर्माण गर्न सकिंदैन : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी रूपान्तरणको स्पष्ट सन्देश दिएको बताउँदै अब पुरानै सोच र कार्यशैलीले नयाँ यात्रा अघि बढाउन नसकिने बताएका छन्।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले अहिलेको परिस्थितिलाई सामना गर्न नयाँ सोच, नयाँ मनस्थिति र नयाँ कार्यविधि आवश्यक रहेको उल्लेख गरे। उनका शब्दमा, ‘पुरानै आनीबानी र शैलीसँगै बसेर नयाँ भविष्य निर्माण गर्न सकिंदैन, नयाँ परिस्थिति निर्माण गरेर सोच परिवर्तन गर्नुपर्छ।’

उनले विशेष महाधिवेशनको उपस्थितिले कांग्रेस मात्रै होइन, देश परिवर्तन गर्ने सोच बोकेको संकेत दिएको दाबी गरे। अहिले कांग्रेस हिजोभन्दा आज आफ्नै कमजोरी र चुनौतीसँग जुझिरहेको बताउँदै उनले पार्टी सुधारको संकल्प यही महाधिवेशनबाट शुरू भएको स्पष्ट पारे।

पार्टीभित्रका कमजोरीको जिम्मेवारी आफूहरू नेतृत्व तहले लिनुपर्नेमा जोड दिँदै शर्माले भने, ‘कमजोरीको ड्राइभिङ सिटको छेउमा हामी पनि बसेका छौं। त्यसलाई स्वीकार गरेर नै भनेका हौं-अब पुरानै ढंगले नयाँ यात्रा सम्भव छैन।’

उनका अनुसार महाधिवेशन प्रतिनिधिले रूपान्तरित कांग्रेसको अपेक्षा गरेका छन् र त्यसअनुसार पार्टीले विचार, शैली र संस्कारमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ। ‘मनस्थिति पुरानो राखेर नयाँ देश निर्माण गर्न सकिँदैन,’ शर्माले भने, ‘विधि, सोच र कार्यशैलीमा रुपान्तरणले मात्र नयाँ कांग्रेस र नयाँ देशको बाटो खुल्छ।’

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : १६ बजे

भ्रष्टाचारको अखडा बनाउनेले सिंहदरबार डढाए : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

‘२०६४ सालमा माओवादीलाई मत दिनु देशको गल्ती’ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०६४ सालमा जनताले

सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : निधि

धनुषा । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं

निर्वाचन दुई अतिवाद विरुद्धको संघर्ष हो, नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले