२७ पुस २०८२, आइतबार | January 11, 2026

पुरानै आनीबानी र शैलीसँगै बसेर नयाँ भविष्य निर्माण गर्न सकिंदैन : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी रूपान्तरणको स्पष्ट सन्देश दिएको बताउँदै अब पुरानै सोच र कार्यशैलीले नयाँ यात्रा अघि बढाउन नसकिने बताएका छन्।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले अहिलेको परिस्थितिलाई सामना गर्न नयाँ सोच, नयाँ मनस्थिति र नयाँ कार्यविधि आवश्यक रहेको उल्लेख गरे। उनका शब्दमा, ‘पुरानै आनीबानी र शैलीसँगै बसेर नयाँ भविष्य निर्माण गर्न सकिंदैन, नयाँ परिस्थिति निर्माण गरेर सोच परिवर्तन गर्नुपर्छ।’

उनले विशेष महाधिवेशनको उपस्थितिले कांग्रेस मात्रै होइन, देश परिवर्तन गर्ने सोच बोकेको संकेत दिएको दाबी गरे। अहिले कांग्रेस हिजोभन्दा आज आफ्नै कमजोरी र चुनौतीसँग जुझिरहेको बताउँदै उनले पार्टी सुधारको संकल्प यही महाधिवेशनबाट शुरू भएको स्पष्ट पारे।

पार्टीभित्रका कमजोरीको जिम्मेवारी आफूहरू नेतृत्व तहले लिनुपर्नेमा जोड दिँदै शर्माले भने, ‘कमजोरीको ड्राइभिङ सिटको छेउमा हामी पनि बसेका छौं। त्यसलाई स्वीकार गरेर नै भनेका हौं-अब पुरानै ढंगले नयाँ यात्रा सम्भव छैन।’

उनका अनुसार महाधिवेशन प्रतिनिधिले रूपान्तरित कांग्रेसको अपेक्षा गरेका छन् र त्यसअनुसार पार्टीले विचार, शैली र संस्कारमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ। ‘मनस्थिति पुरानो राखेर नयाँ देश निर्माण गर्न सकिँदैन,’ शर्माले भने, ‘विधि, सोच र कार्यशैलीमा रुपान्तरणले मात्र नयाँ कांग्रेस र नयाँ देशको बाटो खुल्छ।’

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : १६ बजे

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा

बुटवल । बुटवलमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका मानव

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो

काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको