बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरबाट जुवा खेलिरहेका पाँच जना जुवाडे र एक होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय पिपराका अनुसार उनीहरूको साथबाट २ लाख ५६ हजार २ सय ९० रुपैयाँ नगद, ६ थान मोबाइल सेट र ३ गड्डी तास बरामद गरिएको छ ।
प्रहरीका अनुसार स्थानीय दिनेश थारुले सञ्चालन गरेको रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उक्त जानकारी ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलले दिएका हुन् ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा रुपन्देही कञ्चन गाउँपालिका-५ पिपरी चापाका ३५ वर्षीय दिलिप थापा, सोही स्थान भैसाही बस्ने ३२ वर्षीय कमल थापा र गौडी बस्ने ३३ वर्षीय दिपेन्द्र घर्ती रहेका छन् ।
यसैगरी कपिलवस्तु वाणगंगा नगरपालिका-१० बनकट्टी बस्ने ३५ वर्षीय अर्जुन चौधरी, होटल सञ्चालक ३५ वर्षीय दिनेश थारु र भक्तौली बस्ने ३३ वर्षीय उमेश पोख्रेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


















प्रतिक्रिया