२९ पुस २०८२, मंगलबार | January 13, 2026

बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु



बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए । उनले भने, “दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको खबर छ, सनाखत हुन सकेको छैन ।”

जिपमा कति जना सवार रहेका थिए भन्नेसमेत खुल्न सकेको छैन । अन्य सबै घाइते रहेको बुझिएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ११ : ५१ बजे

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप

बुटवलबाट करिब १३ लाख बराबरको अवैध मोबाइल सामग्री बरामद

बुटवल । नेपाल प्रहरीले बुटवलबाट करिब १३ लाख रुपैयाँ बराबरको

दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा रुपन्देहीमा अन्तर्क्रिया कार्यशाला

भैरहवा । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित लैङ्गिक

परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरण आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन