२२ भदौ २०८३, सोमबार | September 7, 2026

निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह



नेपालगन्ज । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई आग्रह गरेकी छन् ।

आज जिल्ला सुरक्षा समिति, बाँकेको बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिबाट हालसम्म भएका तयारी र क्रियाकलापबारे उनले जानकारी लिएकी थिइन् ।

सो अवसरमा आयुक्त तुलाधरले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगबाट गरिएका प्रयास, भएका निर्देशन र व्यवस्थापनको जानकारी दिँदै सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक कार्य गरी सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आग्रह गरेकी हुन् ।

“अहिलेसम्म निर्वाचनका सन्दर्भमा जिल्ला सुरक्षा समितिले गरेका काम, नीतिगत व्यवस्था र सुरक्षा रणनीतिका विषयमा छलफल भयो”, बाँकेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भने ।

सुरक्षा समितिको बैठकले जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णयसमेत गरेको प्रजिअ तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : ४८ बजे

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले