२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण



भोजपुर । भोजपुर नगरपालिका-१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गरेका छन ।

भोजपुर-८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको ट्याङ्कीको समेत व्यवस्था गरेका छन । निर्माणकर्ता प्रधानले दुवै संरचना विद्यालयका प्रधानाध्यापक शरणकुमार राईलाई हस्तान्तरण गरे ।

स्वच्छ खानेपानी विद्यार्थीको अधिकार भएकाले आफूले धारा निर्माण गरिदिएको प्रधानले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोपाल कार्की तथा निर्माणकर्ता उजिरबहादुरले धाराको उद्घाटन गरे । सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी डा विनोद पराजुलीले सहयोग गरेको रु २० हजार रकमबाट विद्यालयका विद्यार्थीलाई नेपाली टोपी वितरण गरिएको प्रअ राईले बताए । कार्यक्रममा विद्योदय माविका प्रअ खोमराज धमलाको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ८ : १४ बजे

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

वीरगन्ज । पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु

तिहारका पटाकाले बढाउँछ प्रदूषण, जान सक्छ ज्यान

काठमाडौँ । आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन । घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।