२१ भदौ २०८३, आइतबार | September 6, 2026

दशौँ राष्ट्रिय खेलकुदको पूर्वतयारी छिटो गर्न मुख्यमन्त्रीको आग्रह



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सङ्घीय सरकारले आफ्नो पूर्वतयारी छिटो गर्न आग्रह गरेकाछन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, वन तथा वातावरण, भौतिक पूर्वाधारमन्त्री माधवप्रसाद चौलागाईँसहितको प्रतिनिधिमण्डलसँग आज सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगिताको मितिमात्र तोकेर नहुने, आफ्नोतर्फबाट छिटो तयारी गर्न आग्रह गरेका हुन्। मुख्यमन्त्री कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए ।

उनले भने, “तपाईँहरू खेलकुद खेलाउनेगरी आउनुस्, हाम्रो तर्फबाट पूर्ण सहयोग रहन्छ, तर पटकपटक मिति तोकेर भुक्याउने काम नगर्नुस् ।”

मुख्यमन्त्री कँडेलले खेलकुदका लागि चाहिने सामग्रीसमेत खरिद नगरेकाले फागुनमा कसरी खेल खेलाउनुहुन्छ भन्ने प्रश्नसमेत गरे ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ५० बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा