११ भदौ २०८३, बिहिबार | August 27, 2026

सोमबारदेखि राप्ती नदी सिधनियाघाटमा हरेक पुर्णिमाको संध्यामा गंगा महाआरती हुने



नेपालगन्ज । राप्ती तटको सिधनियाघाटमा बैकुण्ठधाम निर्माणको तयारी स्वरुप बैकुण्ठधाम धार्मिक महोत्सवको तयारी चलिरहँदा सिधनियाघाटमा हरेक पुर्णिमामा गंगा महाआरती हुने भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो ।

राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती गर्न लागिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले जानकारी दिए । उनका अनुसार यही भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाका दिन साँझ ६ बजे महाआरती सुरु गर्न लागिएको हो ।

स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा सोमबारदेखि सुरु हुने महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिने पुजारी मिश्रले बताए । । उनका अनुसार महाआरतीको तयारी अहिले तिब्र रुपमा भईरहेको छ । राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ ।

नदीमा प्रत्येक वर्ष कार्तिक पुर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैमा दुर्गा मुर्तिको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुने गरेको छ ।

राप्ती नदी, पुल, मन्दिर र निमार्ण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्याप्रर्यटनको रुपमा विकास गर्न थालिएको स्थानीय अगुवा सूर्यलाल यादवले बताए । उनका अनुसार यस क्षेत्रलाई जिल्ला मै पहिचान गराई यहाको सम्भावनालाई दिगो बनाउन पहल गरिएको हो ।

राप्ती नदीमा अहिले डुडुवा गाउँपालिकाको सहयोगका शवदाह केन्द्र निमार्ण भईरहेको छ भने बैकुण्ठधाम सिधनियाघाट पनि निमार्णलाई पति तिब्र तयारी अगाडि बढाइएको छ ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ११ : २५ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट