३० पुस २०८२, बुधबार | January 14, 2026

नेकपा र सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदै



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज औपचारिक रूपमा पार्टी एकता हुने भएको छ । आज दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष एकता सभा आयोजना गरिने सायमीले जानकारी दिएका छन् ।

सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विद्रोह गर्दै नेकपासँग एकता गर्न लागेका हुन् । उनी पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्षका रूपमा सक्रिय थिए । पार्टीको राजनीतिक धार र रणनीतिसँग असहमति जनाउँदै उनले नेकपासँग सहकार्य र एकताको निर्णय लिएको बताइएको छ ।

एकता सभासँगै सायमी आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बन्ने तयारीमा छन् । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिने तयारी गरेका हुन् । निर्वाचनको समय नजिकिँदै गर्दा नेकपासँगको एकतालाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोडका रूपमा लिएका छन् ।

सायमी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनले १३ हजार ७७० मत प्राप्त गर्दै उल्लेख्य समर्थन जुटाएका थिए । त्यसपछि उनी स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत गर्ने अभियानमा सक्रिय रहँदै आएका थिए ।

त्यस्तै, २०७९ कै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सायमी काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बनेका थिए । सो निर्वाचनमा उनले ६ हजार १७९ मत प्राप्त गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए ।

५२ वर्षीय सुमन सायमी काठमाडौंको कालीमाटी निवासी हुन् । उनी काठमाडौंका रैथाने समुदायबीच परिचित अभियन्ता मानिन्छन् । रैथाने संस्कृति, पहिचान र स्थानीय मुद्दाको संरक्षणका लागि विभिन्न आन्दोलन र अभियान सञ्चालन गर्दै आएका सायमीको नेकपासँगको एकताले राजधानीको राजनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : १५ बजे

कांग्रेसको त्रिपक्षीय वार्ता पुनः सुरु हुँदै, देउवाको भूमिकालाई लिएर सहमतिको प्रयास

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद

सिन्धुलीको एसबीआई बैंकमा लुटपाट, सुरक्षा गार्डको हात काटियो

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र

नेकपा र सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी

शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ

तनहुँ । तनहुँंको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा

झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने

झापा । जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते