३० पुस २०८२, बुधबार | January 14, 2026

गगन थापाले भने – हामी नै आधिकारिक कांग्रेस हौं, देउवा नेतृत्वको कार्यसमिति भंग भैसकेको छ



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गरेका छन्।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले देउवा नेतृत्वको समिति अब वैधानिक रूपमा नरहेको र पार्टी नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरिसकेको बताए।

थापाका अनुसार महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको बहुमत आफूहरूकहाँ रहेकोले आफूहरू नै आधिकारिक पक्ष भएको स्पष्ट भएको छ।

उनले भने, “यहाँ २४८८ महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। निर्वाचन आयोगमा पनि हामीले जानकारी गराइसकेका छौँ। देउवा नेतृत्वको समिति भंग भइसकेको छ र हामी नयाँ नेतृत्व चयनको प्रक्रियामा रहेका छौँ। यो कुरा सिंगो देशले सुनिरहेको छ—यही हो नेपाली कांग्रेस।”

थापाले यसअघि पनि पटक–पटक केन्द्रीय कार्यसमितिमा परिवर्तनको विषय उठाए पनि आफ्ना मागहरू बेवास्ता गरिएको आरोप लगाए।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ३७ बजे

रवि विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछाने विरुद्धका रवि विरुद्ध

अभियन्ता सुमन सायमिलाई पार्टीमा भित्र्याउँदै प्रचण्डद्वारा काठमाडौं-८ को उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी

एघारौ जिल्ला स्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि एभरेष्टलाई

बुटवल । बुटवलमा सम्पन्न एघारौ जिल्ला स्तरीय अन्तर माबि एभरेष्ट

कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि

देउवाले निर्वाचन आयोग पठाए महामन्त्री द्वयलाई कारवाही गरेको पत्र

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी पार्टीको विशेष महाधिवेशनबाट विघटन