२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

अभियन्ता सुमन सायमिलाई पार्टीमा भित्र्याउँदै प्रचण्डद्वारा काठमाडौं-८ को उम्मेदवार घोषणा



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-८ बाट अभियन्ता सुमन सायमिलाई उम्मेदवार बनाउने घोषणा गरेका छन्।

राष्ट्रिय सभा गृहमा बुधबार आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले सायमीलाई काठमाडौं-८ बाट उम्मेदवार बनाउने घोषणा गरेका हुन्। ‘अब काठमाडौं-८ बाट सुमन सायमिलाई जिताउन तयार रहनुहोला’, उनले भने ।

प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको स्थिति बलियो बनाउन सायमिको प्रवेश महत्वपूर्ण भएको जिकिर गरे । उनले भने, ‘काठमाडौं उपत्यकामा हामी कमजोर हुँदैनौँ। सायमीसहित थोरै साथीहरू पार्टीमा प्रवेश गर्नुभए पनि उहाँहरूको पछाडि लाखौँ जनता छन्। अब उपत्यकामा हामी नै नम्बर एक पार्टी बन्छौँ।’ उनले उपत्यकाको वैश्विक सम्पदा संरक्षण र सम्बर्धनसँगै यहाँको मौलिक संस्कृति र पहिचानको पक्षमा सायमीसहितका साथीहरू अगाडि बढेको महसुस गरेको बताए ।

पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष रहेका सायमि बुधबार नै नेवारी समुदायका प्रभावशाली अगुवाहरुसहित नेकपामा समाहित भएका थिए ।

एकता सहमतिपत्रमा नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र सायमीले हस्ताक्षर गरेका छन् । सामाजिक अभियन्ताका रूपमा परिचित सायमी काठमाडौंका रैथाने समुदायका मुद्दा र संस्कृति संरक्षणका लागि विभिन्न आन्दोलनमा सक्रिय छन् । उनले यसअघि काठमाडौं महानगरपालिकाको मेयर चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए ।

प्रचण्डले पार्टीका राम्रा कामहरूलाई जनतासमक्ष प्रभावकारी रूपमा बुझाउन नसकिएको स्वीकार गर्दै अब घर घर र टोलटोलमा पुगेर नागरिकहरूलाई पार्टीका एजेन्डा बुझाउने बताए ।

भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृहमा बुधबार आयोजित अभियन्ता सुमन सायमीसहितको समूहसँगको पार्टी एकता तथा समाहित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भन्नुभयो, “देश र जनताको पक्षमा हामीले राम्रा काम गरेका छौँ, तर ती कामहरूलाई बुझाउन सकेनौँ। अब ठूला भेला९जुलुसभन्दा पनि जनताको घर९घरमा, टोल९टोलमा पुगेर हाम्रा एजेन्डा बुझाउँछौँ।”

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : २० बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद