१ माघ २०८२, बिहिबार | January 15, 2026

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल



दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् ।

दाङ प्रेस चौतारीले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटमा उनले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताए ।

महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै भने, “प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ ।” लोकतन्त्र, शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको उनले बताए ।

महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले १६५ सिटमा पार्टीले उम्मेदवारी दिने बताए ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ४ : ३७ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक

शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आपसी सद्भाव, विश्वास तथा सहकार्यका

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-९ सोनयाहीमा आज ट्रक दुर्घटना

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे