काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले पर्सि माघ ४ गतेदेखि लागू हुने गरी आज राजीनामा बुझाएका हुन्।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसमक्ष राजीनामा पत्र बुझाएका थिए ।
पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने बताउँदै आएका थिए । सोही प्रयोजनका लागि उनले पदबाट राजीनामा दिएको बुझिएको छ ।
महानगर प्रमुख बालेन्द्र साहको विश्वासपात्र पाण्डेले बालेनकै टिमबाट उम्मेदवार बन्नेछन् ।


















प्रतिक्रिया