३ माघ २०८२, शनिबार | January 17, 2026

ललितपुरबाट एकल सिफारिसमा परेका नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट उम्मेदवार बन्ने बताएका छन्।

नेता श्रेष्ठले आगामी फागुन २१ गते हुँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाबाट आफू सर्लाही ३ बाट उम्मेदवार बन्न लागेको बताए ।

राष्ट्रियसभाका सदस्य रहेका नेता श्रेष्ठसहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

नेकपाले सर्लाही-३ बाट श्रेष्ठसँगै अच्युतम काफ्ले, रामेश्वर राय यादव, नरेन्द्र साह, राजकुमार यादव, सञ्जय गुप्ता, विश्वनाथ सिंह लगायतलाई पनि उम्मेदवार सिफारिस गरेको थियो।

हरिवन र बागमनी नगरपालिकासहितको भूगोल पर्ने सर्लाही-३ मा पर्ने स्थानीय तहको निर्वाचनमा यी दुवै पालिकामा माओवादी उम्मेदवार विजयी भएका थिए।

नेता श्रेष्ठलाई नेकपाले ललितपुर क्षेत्र नम्बर-३ बाट उम्मेद्वारका लागि नेकपाको जिल्लाबाट एकल सिफारिस गरेको छ।

 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ५ : ५३ बजे

ललितपुरबाट एकल सिफारिसमा परेका नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट

आयोगले मान्यता दिएको विशेष महाधिवेशनलाई देउवा समूहले भन्यो ‘तथाकथित’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन

एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन नेता तथा कार्यकर्तालाई कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले एकता र सद्भाव कायम

कविता : मत र भविष्य

देश फेरि चुनावको मोडमा उभिएको छ। नारा धेरै छन्, अनुहार

मन्टेश्वरीको अभिभावकसंग अन्तरक्रियात्मक कार्यशाला

नेपालगन्ज । क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले बालबालिकाहरुका अभिभावकहरुसंग अन्तरक्रियात्मक कार्यशालाको