४ माघ २०८२, आइतबार | January 18, 2026

निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड



काठमाडौं ।अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएकाछन्। निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिए ।

यद्यपि उनले निर्वाचनलाई सफलतापूर्वक सम्पनन गर्न आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता व्यक्त गरे। अर्थमन्त्रीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहारात्र खटेकामा सबै पदाधिकारी र कर्मचारीको सराहना गरे ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिँदै त्यससम्बन्धमा मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरुलाई अवगत गराइने बताए ।

त्यस अवसरमा आयुक्तद्वय सगुनशम्शेर जबरा र जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत आयोगका उच्च अधिकारीले अर्थमन्त्रीलाई निर्वाचन तयारीबारे गराएका थिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ५३ बजे

प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन

धरानमा बस दुर्घटना हुँदा चारको मृत्यु, १३ जना घाइते

धरान । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना

रूरूक्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्दै

गुल्मी । हिन्दू धर्मावलम्बीका लागि विशेष आस्थाको केन्द्र मानिने रूरूक्षेत्र

राजीनामा दिन आउँछु, आउँदै छु भनेका धरानका मेयर हर्क साम्पाङ कार्यालय नआएपछि…

धरान । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप आइतबार (माघ ४)

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न १० हजार धरौटी

काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन फरक