काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिए लगत्तै काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बनेका बालेन्द्र साह ‘बालेन’ रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका छन् । रास्वपाले वरिष्ठ नेता घोषणा गरेपनि महानगर प्रमुखमा बहाल सहँदासम्म पार्टी कार्यालय नगएका बालेन साह राजीनामा दिएलगत्तै पहिलो पटक पार्टी कार्यालय पुगेका हुन् ।
उनलाई पार्टी कार्यालयमा स्वागत गर्न कार्यालय वरपर रास्वपा समर्थकहरूको बाक्लो भिड जम्मा भएका छन् । पार्टी कार्यालयको मुल गेटमा बालेनलाई रास्वपा सभापति रवि लामिछानेले स्वागत गरे ।
बालेनलाई राव्पाले झापा–५ बाट निर्वाचन लडाउने तयारी गरेको छ । उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।


















प्रतिक्रिया