४ माघ २०८२, आइतबार | January 18, 2026

स्थानीय दबाबपछि एमालेको निर्णय फेरबदल, विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबार बसेको पार्टी सचिवालय बैठकले पौडेललाई पाल्पा-२ बाट उम्मेदवार बनाउने निर्णय गरेपछि त्यसको रुपन्देहीमा चर्को विरोध भएको थियो । स्थानीय नेता-कार्यकर्ताको तीव्र आलोचना र दबाबपछि पार्टीले निर्णय पुनरावलोकन गर्दै पौडेललाई रुपन्देहीमै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विष्णु पौडेल रुपन्देही-२ बाट उम्मेदवार बन्ने निश्चित भएसँगै रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको टुंगो लागेको छ । पार्टीका अनुसार रुपन्देही-१ बाट दधिराम न्यौपाने, रुपन्देही-२ बाट बिष्णुप्रसाद पौडेल, रुपन्देही-३ बाट बासुदेव घिमिरे, रुपन्देही-४ बाट सुनिता थठेर र रुपन्देह-५ बाट खिमलाल भट्टराई उम्मेदवार तय भएका छन् ।

पौडेल रुपन्देहीबाटै उम्मेदवार भएपछि पाल्पा-२ मा एमालेको उम्मेदवार को हुने भन्ने विषयमा भने पुनः निर्णय गर्नुपर्ने भएको छ । नेकपा एमालेकी सचिव पद्या अर्यालका अनुसार पाल्पा-२ को उम्मेदवारबारे पार्टीभित्र छलफल जारी छ ।

“कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल चलिरहेको छ, अहिलेसम्म टुंगो लागेको छैन,” अर्यालले भनिन् ।

पाल्पा-२ बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ठाकुर गैरे विजयी भएका थिए । अब उक्त क्षेत्रमा नयाँ उम्मेदवार तय गर्न एमालेले चाँडै निर्णय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : ४२ बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

धरानका मेयर साम्पाङले दिए राजीनामा

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा

क्याननमा ‘फुड क्यानिभल’

बुटवल । बुटवल ८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड

स्थानीय दबाबपछि एमालेको निर्णय फेरबदल, विष्णु पौडेल रुपन्देही-२ बाटै चुनाव लड्ने

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-२