५ माघ २०८२, सोमबार | January 19, 2026

बाँके २ मा एमालेले मो. इश्तियाक राइलाई टिकट दिएपछि कार्यकर्ता आक्रोशित

नेपाली कम्युनिष्ट पार्टीमा पनि असन्तुष्टी



नेपालगन्ज । एमाले नेतृ दीपा शर्माले नेकपा एमालेको केन्द्रले बाँके क्षेत्र नम्बर २ का लागि निर्णय गरेको उम्मेदवारलाई अस्वीकार गर्ने घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत नेतृ शर्माले एमालेको इतिहासमा हामी कमजोर, कातर र अयोग्य भयको कुनै कालो टीका लगाउन स्विकार्न नसक्ने बताएकी हुन् । एमालेले जसपा नेता मोहम्मद इश्तियाक राइलाई एकाएक उम्मेदवार बनाएर पठाएपछि शर्माको यस्तो प्रतिक्रिया आएको हो ।

उनले एमाले बाँकेको सभाको फोटो पोष्ट गर्दै बाँके क्षेत्र नम्बर २ मा चुनावमा पार्टीको शीर उँचो बनाउन चुनावी मैदानमा प्रतिस्पर्धा गर्न एक से एक योग्य, सक्षम, साहासी र इतिहास बोकेका नेताहरु रहेको उल्लेख गरेकी छन् । ‘नेकपा एमाले नेपालगन्ज पार्टी कार्यलयमा रहेको यो विशाल पङ्ति अब्बल र योगदान गरेका नेता कार्यकर्ताहरुको हो,’ उनले लेखेकी छन्, ‘क्षेत्र नम्बर २ मा चुनावमा पार्टीको शीर उँचो बनाउन चुनावी मैदानमा प्रतिस्पर्धा गर्न एक से एक योग्य,सक्षम, साहासि र इतिहास बोकेका कमरेडहरु हुनुहुन्छ।’

नेतृ शर्माले बाँकेको संगठन एमाले पार्टीको लागि जीवनभरि रगत, पसिना बगायको स्वाभिमानी पङ्ति भएको जनाउँदै लेखेकी छन्, ‘बाँकेको एमाले पङ्ति बिक्ने होईन टिक्ने पङ्ति हो । चेतना भया ।’

एमाले अध्यक्ष ओलीले गयराती मध्यरातमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्रीहरू प्रदीप यादवसहित जसपा उपमहासचिव मोहम्मद इश्तिहाक राइलाई पार्टी प्रवेश गराएर टिकट वितरण गरेका थिए ।

उता नेपाली कम्युनिष्ट पार्टीको टिकट वितरणमा पनि बाँकेमा असन्तुष्टी देखिएको छ । जिल्लाले सिफारिस गरेको मध्यका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले टिकट नपाएपछि पार्टी परित्यागको घोषणा गरेका छन् । जनार्दन शर्माले पार्टी छाडेपछि शर्मा तिर लागेका धामीलाई नेकपा नेताहरुले बाँके २ बाट टिकट दिने आश्वासन दिएर फर्काएका थिए । अन्त्यमा टिकट दिपेन्द्र विष्टको नाममा आएपछि धामीले स्वतन्त्र बस्ने घोषणा गर्दै पार्टी परित्याग गरेका हुन् ।

एमाले बाँकेले क्षेत्र नम्बर २ का लागि कृष्णप्रसाद श्रेष्ठ, निरक गुरुङ र अछरी पोखरेलको नाम सिफारिस गरेको थियो भने नेकपाले टंक धामी, अक्कलबहादुर बम, सकिल जसगढ र दिपेन्दै विष्टको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : ३२ बजे

काठमाडौं-५ मा नेकपाको उम्मेदवार कल्पना शर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि

रमेश मल्ललाई बनायो नेकपाले सल्यानको उम्मेदवार

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यान जिल्लामा नेपाली कम्युनिस्ट

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका

विविधतामै नेपालको राष्ट्रिय एकताको आधार रहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

सुनचाँदीको मूल्यवृद्धिमा नयाँ कीर्तिमान, तोलाको दुईलाख ८२ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउँदै