५ माघ २०८२, सोमबार | January 19, 2026

विविधतामै नेपालको राष्ट्रिय एकताको आधार रहेको छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय एकताको सबल आधार विविधता नै भएको बताएका छन् ।

२८६२औँ सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सोनाम ल्होछारलाई नयाँ वर्षको उत्सव मात्र नभई पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीकका रूपमा व्याख्या गरेका छन् । डुक ल्हो (सर्प वर्ष)लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष)को स्वागत गर्ने यो पर्वले परिवर्तन, गति र नयाँ संकल्पको सन्देश दिने उनले उल्लेख गरेका छन् ।

तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन तथा सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको प्रचण्डको भनाइ छ । उनले यही विविधता नै नेपालको राष्ट्रिय एकताको बलियो आधार भएको स्पष्ट पारेका छन् ।

समाजमा अझै पनि सामाजिक न्याय, समानता, समावेशिता र उत्पीडित समुदायका अधिकारका लागि संघर्ष जारी रहेको उल्लेख गर्दै उनले सोनाम ल्होछारले सबैलाई विभेदविरुद्ध एकताबद्ध भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा थप दृढ बनाओस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ११ : ३० बजे

भूराजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट उम्मेदबार बनेँ : बाबुराम

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय

पत्रकारको प्रश्नमा झापा-५ बारे ओलीले भने – “के को इपिसेन्टर ? वाइहात!”

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रास्वपाले धादिङ-१ बाट आशिका तामाङलाई उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ-१ बाट सामाजिक अभियन्ता

काठमाडौं-५ मा नेकपाको उम्मेदवार कल्पना शर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि

रमेश मल्ललाई बनायो नेकपाले सल्यानको उम्मेदवार

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यान जिल्लामा नेपाली कम्युनिस्ट