१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घीय सांसदरूलाई निर्देशन दिएका छन् ।

एमालेको केन्द्रीय संसदीय विभागले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले तथ्यमा आधारित बहस, जनसरोकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसद्मा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास पनि व्यक्त गरे ।

“बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र होइन । एमालेले राजनीतिक अनुभवलाई विज्ञहरूको ज्ञान, अनुसन्धान र बौद्धिक क्षमतासँग जोड्ने हिसाबले यो प्रशिक्षण गरेको छ”, उनले भने, “जनताको आवाज नीति निर्माण तथ्य र प्रमाणमा आधारित भएर अझ बुलन्द बनाउन, सरकार अझ बढी जवाफदेही बनाउन तपाईँहरू सक्षम, जिम्मेवार र दूरदर्शी प्रतिपक्षको नयाँ मानक स्थापित गर्न लाग्नुपर्नेछ ।”

उनले अहिले आइटीको जमाना रहेको उल्लेख गर्दै एमाले आईटीको उपयोगमा पछाडी परेको बताए । “अहिले आईटीको जमाना हो। आईटी वारमा हामी पछाडि पर्‍यौँ। ती कमजोरीहरू पनि हटाएर जानु पर्‍यो,” ओलीले भने, “पहिले हाम्रो पार्टीमात्रै लोकप्रिय थियो, अहिले धेरै तल घटाइएको छ। घटेको छ। यसलाई बढाउनुपर्ने छ।”

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शङ्कर पोखरेल, संसदीय दलका उपनेता पद्माकुमारी अर्याललगायतले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ६ : ०९ बजे

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सर्वसाधारणका

बझाङमा जिप दुर्घटना; दुई जनाको मृत्यु, ६ जना घाइते

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली

चुनावी हार स्वीकार्न तयार ट्रम्प, कंग्रेसका दुवै सदनमा डेमोक्रेट्सको सफलता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन

बुटवलमा मंसिर ११ देखि पाँचदिने खाना महोत्सव हुने

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन