३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी



बुटवल । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ताका क्रममा निर्वाचन क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो उम्मेदवारी दर्ता गरेको छ । प्रलोपाका तर्फबाट अध्यक्ष परिषद् सदस्य नारायण नागिलाले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । त्यसैगरि रुपन्देही २ बाटै रुपन्देही २ बाट राप्रपाबाट कर्विका थापाले उम्मेदवारी दर्ता गराउकी छन् भने जसपा नेपालबाट दिपक गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । यसै क्षेमा नेकपाबाट सुवास पाण्डे र नेसनल रिपब्लिक नेपाल पार्टीका तर्फबाट थमनबहादुर बुढाले पनि मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि निर्धारण गरेको समय तालिकाअनुसार प्रलोपाले उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेको हो । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरू निर्वाचन कार्यालय आउने तयारीमा रहेको जनाइएको छ ।

उता रुपन्देही–३ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट डा लेखजङ्ग थापाले मनोनयन दर्ता गराएका छन् । यहाँ नेपाली कांग्रेसका तर्फबाट सुशील गुरुङ, नेकपा एमालेका बासुदेव घिमिरेलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : ०९ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६