८ माघ २०८२, बिहिबार | January 22, 2026

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी



काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा होमिने तयारी गरेको छ । शुक्रबार पार्टी कार्यालय प्रवेश गर्ने तयारीमा रहेका सभापति थापाले कार्यभार सम्हालेसँगै केन्द्रीय समितिको बैठक बोलाइने र सोही बैठकबाट उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरिएको काँग्रेस स्रोतले जनाएको छ ।

पार्टीले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ तर्फ जाने कार्यक्रम रहेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थापाले वारेसमार्फत सर्लाही-४ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् ।

गत पुस ३० गते गगन थापाको नेतृत्वमा नेपाली काँग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि पार्टीका दुई वटा केन्द्रीय कार्यसमिति बैठक र संसदीय बोर्डको बैठक पार्टी कार्यालय बाहिर पार्टी प्यालेस र होटलमा सम्पन्न भएका थिए ।

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमितिलाई पार्टी कार्यालय प्रवेश गर्ने वातावरण बनेको हो ।

यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय प्रवेश गर्न नदिने अडान लिँदै रातभर सानेपास्थित पार्टी कार्यालय परिसरमै बसेका थिए । पछिल्लो घटनाक्रमसँगै काँग्रेसभित्रको आन्तरिक विवाद नयाँ चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ ।

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णयसँगै नेपाली काँग्रेसले आगामी निर्वाचनमा स्पष्ट नेतृत्व र एजेन्डासहित जनतामाझ जाने संकेत दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  २ : ३० बजे

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको

दाङको ‘तुई’ उपत्यकामा मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

दाङ । चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका । लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन