११ भदौ २०८३, बिहिबार | August 27, 2026

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम



नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा देखिएको नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो अन्ततः टुंगिएको छ। प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार नेपाली कांग्रेस नवलपुर निर्वाचन क्षेत्र नम्बर १ को आधिकारिक उम्मेदवारका रूपमा बालकृष्ण घिमिरेलाई कायम गरिएको छ।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी बालकृष्ण घिमिरेलाई नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारका रूपमा मान्यता दिइएको जानकारी दिए। उनका अनुसार एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन कानुन, विधि र विधानको अध्ययन गरी आधिकारिक उम्मेदवार टुंगो लगाइएको हो।

चार पटक लगातार निर्वाचन जित्दै आएका डा. शंकर कोइरालाले नवलपुर–१ छाडेपछि उक्त क्षेत्रमा कांग्रेसभित्र उम्मेदवारीका विषयमा विवाद उत्पन्न भएको थियो। उम्मेदवारी दर्ताको अन्तिम दिन नेपाली कांग्रेसका जिल्ला उपसभापति बालकृष्ण घिमिरे र महासमिति सदस्य गजेन्द्र आलेमगरले पार्टी सभापति गगन थापाको आधिकारिक हस्ताक्षर सहितको टिकट पेश गर्दै उम्मेदवारी दर्ता गराएका थिए। यसले पार्टीभित्र हलचल मच्चिएको थियो।

उम्मेदवारी दर्तापछि कांग्रेस नवलपुरको जिल्ला नेतृत्व निरन्तर छलफलमा जुटेको थियो। एक जना उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिए पनि दुवै उम्मेदवार तत्काल फिर्ता लिन तयार नभएपछि विषय निर्वाचन कार्यालयसम्म पुगेको थियो।

मुख्य निर्वाचन कार्यालयले प्रतिनिधि सभा निर्वाचन ऐन र प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाउँदै अन्ततः बालकृष्ण घिमिरेलाई आधिकारिक उम्मेदवार कायम गरेको हो

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ७ : ५२ बजे

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र