५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम



नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा देखिएको नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो अन्ततः टुंगिएको छ। प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार नेपाली कांग्रेस नवलपुर निर्वाचन क्षेत्र नम्बर १ को आधिकारिक उम्मेदवारका रूपमा बालकृष्ण घिमिरेलाई कायम गरिएको छ।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी बालकृष्ण घिमिरेलाई नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारका रूपमा मान्यता दिइएको जानकारी दिए। उनका अनुसार एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन कानुन, विधि र विधानको अध्ययन गरी आधिकारिक उम्मेदवार टुंगो लगाइएको हो।

चार पटक लगातार निर्वाचन जित्दै आएका डा. शंकर कोइरालाले नवलपुर–१ छाडेपछि उक्त क्षेत्रमा कांग्रेसभित्र उम्मेदवारीका विषयमा विवाद उत्पन्न भएको थियो। उम्मेदवारी दर्ताको अन्तिम दिन नेपाली कांग्रेसका जिल्ला उपसभापति बालकृष्ण घिमिरे र महासमिति सदस्य गजेन्द्र आलेमगरले पार्टी सभापति गगन थापाको आधिकारिक हस्ताक्षर सहितको टिकट पेश गर्दै उम्मेदवारी दर्ता गराएका थिए। यसले पार्टीभित्र हलचल मच्चिएको थियो।

उम्मेदवारी दर्तापछि कांग्रेस नवलपुरको जिल्ला नेतृत्व निरन्तर छलफलमा जुटेको थियो। एक जना उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिए पनि दुवै उम्मेदवार तत्काल फिर्ता लिन तयार नभएपछि विषय निर्वाचन कार्यालयसम्म पुगेको थियो।

मुख्य निर्वाचन कार्यालयले प्रतिनिधि सभा निर्वाचन ऐन र प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाउँदै अन्ततः बालकृष्ण घिमिरेलाई आधिकारिक उम्मेदवार कायम गरेको हो

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ७ : ५२ बजे

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका