९ माघ २०८२, शुक्रबार | January 23, 2026

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

'कांग्रेस बदल्यौं, अब देश बदल्छौं'



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा केही कमजोरी भएको स्वीकार गर्दै आगामी निर्वाचनदेखि यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका छन् । उम्मेदवार छनोट प्रक्रिया र मनोनयन दर्ता गर्नुपर्ने समयसीमाका कारण दबाब सिर्जना भएको भन्दै उनले छनोट प्रक्रियामा कमजोरी देखिएको बताए । उक्त कमजोरीको जिम्मेवारी आफूले लिने पनि उनले स्पष्ट पारे । थापाले आगामी दिनमा तल्लो तहबाटै मतदानमार्फत उम्मेदवार चयन गर्ने व्यवस्था लागू गरिने बताए।

आफूहरूले बदलेको भन्दै थापाले अब कांग्रेसले देश बदल्ने संकल्प गर्ने बताए । उनले विगतमा कांग्रेस भएर रुख चिन्हमा मात्र मत माग्नुपरेको अवस्था रहेको उल्लेख गर्दै उनले यसपटक १६५ वटै निर्वाचन क्षेत्रमा रुख चिन्हमै मतदान गर्न पाउने अवस्था बनेको बताए । अब परिस्थिति कांग्रेसका पक्षमा अनुकूल बनेको पनि उनले दाबी गरे ।

 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : ४८ बजे

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा