२८ असार २०८३, आइतबार | July 12, 2026

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओखलढुङ्गा जिल्ला कमिटीलाई सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०मा स्वागत गर्दै संयोजक प्रचण्डले मुलुकमा विद्यमान सङ्कटको समाधान गर्न आफ्नो पार्टी सक्षम रहेकाले निर्वाचनमा जनताले फेरि पनि एक नम्बरको पार्टीका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशलाई माया गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी रहेको जनतालाई बुझाउन सकेमा देशको पहिलो पार्टी बन्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओखलढुङ्गा जिल्ला कमिटी सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको हो । आज आयोजित कार्यक्रममा एमाले ओखलढुङ्गा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवाललगायतका पदाधिकारी तथा नेता कार्यकर्तासहित ३८ जना नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो ।

पार्टी नेतृत्वले आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्ला कमिटीको सिफारिस अवज्ञा गर्दै उम्मेदवार चयन गरेका कारण उनीहरूले पार्टी परित्याग गरी नेकपामा समाहित भएको घोषणा गरेका हुन् ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट पार्टीको मूलधार भएको जनताले बुझेको दाबी गर्दै पार्टीले अवलम्बन गरेको समाजवादी विचार देशैभरि पुर्याएर लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ८ : ०७ बजे

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी