१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सम्पन्न, २८६ मत खस्यो



बुटवल । लुम्बिनी प्रदेशको तर्फबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूले आ-आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यतर्फ महिला ३० र पुरुष ४८ गरी कुल ७८ मत खसेको छ । यस्तै, स्थानीय तह सदस्यतर्फ महिला ८५ र पुरुष १२३ गरी जम्मा २०८ मत खसेको छ ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिबाट खसेको मत जोड्दा लुम्बिनी प्रदेशमा कुल २८६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्धारित कार्यतालिका अनुसार शान्तिपूर्ण र सुव्यवस्थित रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान अवधिभर कुनै अप्रिय घटना नघटेको र सुरक्षा व्यवस्था कडा पारिएको पनि जनाइएको छ ।

मतदानपछि मतगणनाको तयारी थालिएको छ भने तोकिएको समयअनुसार मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन कार्यालयले जानकारी दिएको छ । राष्ट्रिय सभाका लागि निर्वाचित हुने सदस्यले संघीय संसद्को माथिल्लो सदनमा प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ३ : ४१ बजे

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार