१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेस-एमालेका उम्मेदवार विजयी



बुटवल । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका साझा उम्मेदवारहरू विजयी भएका छन् ।

आइतबार तीन पदका लागि भएको निर्वाचनमा खुलातर्फ चन्द्रबहादुर केसी, महिलातर्फ रामकुमारी झाँक्री र अपाङ्गता/अशक्ततर्फ वासुदेव घिमिरे (जंगली) विजयी भएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् ।

विजयी उम्मेदवारहरूमध्ये चन्द्रबहादुर केसी र वासुदेव घिमिरे नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए भने महिलातर्फकी रामकुमारी झाँक्री नेकपा (एमाले) की उम्मेदवार हुन् । गठबन्धनको साझा रणनीतिअनुसार तीनै उम्मेदवारलाई अघि सारिएको थियो ।

निर्वाचनमा कुल ३०० मतदाता रहेकामा २८६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख/अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहेका थिए ।

लुम्बिनी प्रदेशबाट हाल नेकपा (एमाले)का गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे तथा नेकपा (माओवादी केन्द्र)का जगप्रसाद शर्मा ‘अपार’ राष्ट्रियसभा सदस्य रहेका छन् । उनीहरूको पदावधि आउँदो फागुन २० गते सकिँदैछ ।

नवनिर्वाचित सदस्यहरूले उक्त मितिपछि राष्ट्रियसभामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : २६ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा