११ माघ २०८२, आइतबार | January 25, 2026

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने



बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर दिवसमा जनचेतनामुलक सचेतना कार्यक्रम गर्ने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीको शनिबार बुटवलमा बसेको कार्यसमिति बैठकले माघ २१ गते (फेब्रुअरी ४)मा तिलोत्तमा नगरपालिकासंगको सहकार्यमा क्यान्सर सचेतना कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए ।

बैठकमा यस अगाडि संस्थामा मनोनित गरिएका सल्लाहकारहरुलाई सम्मान सहित स्वागत गरिएको थियो । संस्थाले यस अगाडि बसेको बैठकले संस्थाका आजिवन सदस्यहरु समाजसेवी निर्मलप्रसाद लाकौल, सुरेन्द्रप्रसाद श्रेष्ठ, हरिप्रसाद अर्याल, डा. रोहितराज क्षेत्री, केन्द्रीय सदस्य मधुसुदन गैरे, भिम तुलाचन, चिरञ्जिवी जोशी र पुरुषोत्तमभक्त प्रधानाङ्गलाई सल्लाहकारमा मनोनित गरेको थियो ।

बैठकमा नेपाल अर्बुद रोग निवारण संस्थाको गत पुस २५ गते काठमाण्डौंमा सम्पन्न ३५ औं साधारण सभा तथा अधिवेशनमा जिल्लाबाट भएको प्रतिनीधित्व र त्यहा भएका गतिविधिका बारेमा अध्यक्ष हमालले जानकारी गराएका थिए । त्यस्तैगरी उनले काठमाडौंको बालकुमारीमा संस्थाको भवन निर्माणका लागि रुपन्देही शाखाबाट १ लाख १ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिएको पनि जानकारी गराए ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ९ : १७ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन