१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिनी प्रदेशमा जनप्रतिनिधिकै मत बदर



दाङ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ ।

प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गरेकामा छ मत बदर भएको थियो । यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मध्ये २०८ जना प्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए । जसमा १० मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

यसरी लुम्बिनी प्रदेशअन्तर्गतको प्रदेश सदस्य तथा स्थानीय सरकारका प्रमुख पदाधिकारी मतदाता रहेको उक्त निर्वाचनमा १६ मत बदर भएसँगै यहाँस्थित राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । यसै सन्दर्भमा प्रमुख राजनीतिक पार्टीका प्रदेश तथा स्थानीय तहका नेताहरूले १६ मत बदर भएको घटनालाई सामान्य रुपमा लिन नहुने बताउँदै निर्वाचनको मत परिणामलाई सुक्ष्म रुपमा विश्लेषण गरी निष्कर्षमा पुगेर सोहीअनुसार धारणा बनाउने बताएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ५ : ४७ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर