२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र



काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई विजयी बनाउन एकताबद्ध भएर लाग्न आह्वान गरेको छ ।

पार्टीले जिल्ला कार्यसमिति तथा सबै जिल्ला सभापतिहरूलाई परिपत्र जारी गर्दै निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको हो ।

परिपत्रमा नेपाली कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गरिएको छ । उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकढिक्का भई अगाडि बढ्नुपर्ने समय आएको जनाइएको छ ।

पार्टीले निवर्तमान सभापति शेरबहादुर देउवालाई नामै किटान गरी सहयोगको अपेक्षा गरेको छ । परिपत्रमा पार्टीका पूर्व तथा वर्तमान नेतृत्व, विभिन्न तह र निकायमा रहेका नेताहरूले यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण साथ दिने विश्वास व्यक्त गरिएको छ ।

नेपाली कांग्रेस नयाँ अध्यायमा प्रवेश गरेको उल्लेख गर्दै विभिन्न कारणले पार्टीबाट टाढा रहेका, अन्य राजनीतिक समूहमा सक्रिय रहेका, निष्क्रिय बनेका वा अन्यायको अनुभूति गरेका सबैलाई पुनः पार्टीको मूलधारमा फर्किन आग्रह गरिएको छ ।

साथै, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै तह र संरचनालाई पूर्ण रूपमा परिचालन गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ९ : ०८ बजे

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर