काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
बुधबार बिहान १०ः३० बजे राष्ट्रपति निवास पुगेकी प्रधानमन्त्री कार्की करिब आधा घण्टा भेटवार्तापछि ११ बजे बाहिरिएकी हुन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । विशेषगरी निर्वाचनसम्बन्धी विषयमा दुवैबीच छलफल भएको बताइएको छ ।

















प्रतिक्रिया