१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

निर्वाचन आउन ३५ दिन बाँकी : यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति



काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो ।

निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि रु छ करोड ७५ लाखको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै (स्टक) लाई पुनः प्रयोगमा ल्याइएको उनले बताए ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारीको मनोनयनपत्र दर्ता, दाबी विरोध र निर्वाचन चिह्न प्रदानको कार्यक्रम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ७ : २९ बजे

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका

बागमती प्रदेशसभाको बैठक बस्दै स् नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली