१६ श्रावण २०८३, शनिबार | August 1, 2026

काठमाडौं र तराई क्षेत्र हुस्सु-कुहिरोले ढाकियो , हवाई उडान प्रभावित



काठमाडौं । काठमाडौं उपत्यकासहित तराई-मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

कुहिरोका कारण भिजिबिलिटी अत्यन्तै कम हुँदा हवाई उडानहरू प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका जिल्लासँगै काठमाडौं उपत्यकामा पनि अहिले कुहिरोका कारण भिजिबिलिटी घटेको छ ।

काठमाडौं उपत्यकामा हाल कुहिरोका कारण दृश्यता करिब ८ सय मिटर मात्र रहेको छ । जसका कारण कठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । यस्तै भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीलगायतका विमानस्थलहरूमा आज बिहानका उडानहरू ढिला भएका छन् ।

मौसमविद्का अनुसार तराईका अधिकांश स्थानमा पनि हुस्सु-कुहिरो अझ बाक्लो छ । “त्यहाँको भिजिबिलिटी पनि १०० देखि २०० मिटर मात्र छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको पानीका कारण हुस्सु–कुहिरो बनेको हो । वाष्पीकरणको समयमा माथिल्लो वायुमण्डल चिसो भएकाले पानीका साना कणहरू जमिन नजिकै अड्किँदा हुस्सु-कुहिरो देखिएको विभागको व्याख्या छ ।

मौसमविद्हरूका अनुसार काठमाडौं उपत्यकामा लागेको कुहिरो दिउँसोदेखि क्रमशः हट्दै जाने सम्भावना छ । तर तराई क्षेत्रमा लागेको हुस्सु-कुहिरो भने दिउँसो पनि हट्ने सम्भावना न्यून छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ८ : ५९ बजे

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय