काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँ तोकिएको छ ।
बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ रहेको थियो । यस आधारमा आज सुन प्रतितोला २० हजार ५०० रुपैयाँले र चाँदी ४४० रुपैयाँले घटेको हो ।
यसअघि गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ कायम गरिएको थियो । त्यस्तै, गत मङ्गलबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ५ हजार ५३७ अमेरिकी डलर र त्यति नै परिमाणको सेतो धातु (चाँदी) ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
विशेषज्ञहरूका अनुसार अन्तरराष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्वव्यापी आर्थिक अवस्थाले स्थानीय बजारमा सुनचाँदीको मूल्य प्रभावित हुने गरेको छ ।

















प्रतिक्रिया