३ असार २०८३, बुधबार | June 17, 2026

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन



काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँ तोकिएको छ ।

बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ रहेको थियो । यस आधारमा आज सुन प्रतितोला २० हजार ५०० रुपैयाँले र चाँदी ४४० रुपैयाँले घटेको हो ।

यसअघि गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ कायम गरिएको थियो । त्यस्तै, गत मङ्गलबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ५ हजार ५३७ अमेरिकी डलर र त्यति नै परिमाणको सेतो धातु (चाँदी) ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

विशेषज्ञहरूका अनुसार अन्तरराष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्वव्यापी आर्थिक अवस्थाले स्थानीय बजारमा सुनचाँदीको मूल्य प्रभावित हुने गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ११ : २१ बजे

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका